काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत स्कटल्याण्ड र बंगलादेश सुपर १२ मा पुगेका छन् । पहिलो चरणको समुह बि अन्तर्गत स्कटल्याण्डले ओमानलाई पराजित गर्दै तिनै खेलमा जित हासिल गर्दै सुपर १२ मा पुगेको हो ।

स्कटल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको हो । ओमानले दिएको १२३ रनको लक्ष्यलाई स्कटल्याण्डले १७ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको ओमानले २० ओभरमा अल आउट हुदै १२२ रन बनाएको थियो । योसँगै समुह बि मा स्कटल्याण्ड ३ खेलमा ६ अंक हासिल गर्दै शिर्ष स्थानमा रहदै सुपर १२ मा पुगेको छ ।

त्यस्तै बंगलादेशले पपुवा न्युगिनीलाई पराजति गर्दै ३ खेलमा ४ अंक हासिल गर्दै समुह मा दोस्रो हुदै सुपर १२ मा पुगेको हो ।

पहिलो चरण अन्तर्गत आज अन्तिम खेलहरु आयरल्याण्ड र नामिबिया तथा नेदरल्यान्ड्स र श्रीलंकाबीच आज खेल हुदै छ । समुह ए बाट नेदरल्यान्ड्सले दुवै खेलमा हर बेहोरेर बाहिरिएको छ भने श्रीलंका सुपर १२ मा पुग्ने निश्चित नै रहेको छ । त्यस्तै आयरल्याण्ड र नामिबियाबीचको विजेता समुह ए बाट सुपर १२ मा पुग्ने अर्को टिम बन्ने छ ।