हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

कात्तिक २ गते मंगलबार हेटौंडा-१५ स्थित पुर्वपश्चिम लोकमार्गमा हेटौंडाबाट वीरगञ्जतर्फ गइरहेको ना १ ज १६७६ नंबरको माइक्रो बसलाई प्रहरीले सुरक्षा जाँच गर्दा ५ किलो ३ सय ग्राम लागुऔषध फेलापारी २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी-५ का ४८ वर्षीय प्रेम बहादुर प्रजा र सोही ठाउँका २२ वर्षीय रविन्द्र प्रजा रहेको कार्यलयका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले बताए ।

पक्राउ परेको २ जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।