file photo

हेटौंडा । पछिल्लो चार दिनदेखिको झरी थामिँदै गएको छ । न्यून चापिय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लो बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ।

बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अब हिजोअस्तीजस्तो अतिभारी वर्षाको सम्भावना न्यून छ । बिहीबार बिहान हेटौंडामा घाम लागेको छ। पछिल्लो २४ घण्टामा मकवानपुरगढी क्षेत्रमा ९ मिलिमिटर,हेटौंडा क्षेत्रमा ६.८ मिलिमिटर र रजैया क्षेत्रमा ३२.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ।

शुक्रबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य तथा सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकीका एकरदुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ।