हेटौंडा । बागमती प्रदेशसभा बैठक शुरु भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन आजको बैठक बसेको हो । दिउँसो १ बजे बोलाएर ३ बजेका लागि सारिएको बैठक सवा ४ बजेबाट शुरु भएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न समय दिएका छन् । अहिले मुख्यमन्त्री शाक्यले सम्बोधन गरिरहेकी छन् । उनले एमाले सरकारले गरेको कार्यप्रगति विवरण प्रस्तुत गरिरहेकी छिन् ।