File photo

हेटौंडा । नेपालमा आज थप ५ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४९ जनामा परीक्षण गर्दा थप ५ सय ४ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । यसैगरि आज ७ सय २६ जनाले कोरोना जितेका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल ११ हजार ३ सय १५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।