हेटौंडा । नेकपा एमालेका नेता एवं बागमती प्रदेशको पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले नेपाली जनता ताजा जनादेश कुरिरहेको बताएका छन् ।

बामगती प्रदेशसभाको जारी बैठकमा बोल्दै प्रदेश सांसद फुँयालले नेपाली जनता ताजा जनादेश कुरिरहेको बताए । उनले देशमा संविधान भत्काउन परमादेश र अध्यादेशहरु जारी भएको र फिर्ता भएको बताए ।

उनले भनेः संविधान भत्काउन परमादेश पनि जारी भयो, अध्यादेशहरु पनि जारी भए,अध्यादेश फिर्ता पनि लिए । दर्ता सकियो,र्फिता लिए । यस्तो पनि लोकतन्त्र हुँदो रहेछ । यो सबै कुराको जबाफ ताजा जनादेशमा दिउँला । जनताहरु ताजा जनादेश कुरेरबस्नुभएको छ । त्यो ताजा जनादेश कहिले आउँछ त्यही बेला जवाफ दिउँला ।