अभिनेत्री करिश्मा मानन्धरले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको विचार सुन्दा आनन्द आएको बताएकी छन् ।

अध्यक्ष ओलीलाई भेट्न करिश्मा बुधबार हिजो अध्यक्ष ओली निवास बालकोट पुगेकी थिईन् ।

नायिका मानन्धरले अध्यक्ष ओलीसँगको भेटलाई सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, ‘उहाँको नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो , सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय के पी ओली ज्यु लाई धेरै धन्यवाद ।’

नायिका करिश्मासँगै सांसद एवं गायिका कोमल ओली, कलाकार जितु नेपाल पनि सहभागी थिए।