हेटौँडा । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले सुरु गरेको नेपाल सुशासन अभियानको हेटौँडामा भेला हुने भएको छ । अभियानको लागि खरेल भोली हेटौँडा आउने भएका छन् । कार्तिक ४ गते हेटौँडामा हुने भेलालाई खरेलले संवोधन गर्ने कार्यक्रम तय भएको स्थानीय आयोजक महेश मगरले बताए । गत आइतबार काठमाडौंको शान्ति वाटिकामा पत्रकार सम्मेलन गर्दै खरेलले अभियानको घोषणा गरेका हुन् । उनले दलहरूले नेपाललाई अफगानिस्तान, सुडानजस्तो बनाउन लागेको भन्दै आफ्नो अभियानले त्यस्ता विषयलाई रोक्ने बताएका थिए ।

भोली हेटौँडामा हुने कार्यक्रममा अभियानको मकवानपुर जिल्ला समिति समेत घोषणा हुने संभावना रहेको उनको भनाई रहेको छ ।