सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरमा गुडिरहेको बसबाट खसेर एकजना सहचालक गम्भिर घाईते भएका छन् ।

आज सोमबार बिहान ११ बजे कान्तिलोक पथ सडकखण्ड अन्तर्गत मकवानपुरगढी गाउँपालिका वडा नंबर २ को मोहरेमा गुडिरहेको ना ४ ख १०७४ नंबर बसको सहचालक बसबाट एक्कासी खसेर टाउकोमा चोट लाग्दा सोहि वडाका मोडभन्ज्याङ बस्ने १९ वर्षीय बिर बहादुर गोले गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।

दासका अनुसार उक्त बस ठिंगनबाट हेटौंडा बजार आउँदै गरेको गरेको थियो ।

उपचारको लागी हेटौंडा अस्पताल ल्याएको गोलेलाई थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।