नयाँदिल्ली, २८ असोज । भारतको उत्तर प्रदेशअन्तर्गत ललितपुरमा बालिका बलात्कार आरोपमा २८ जनाविरुद्ध उजुरी हालिएको छ । जसमा पीडित बालिकाकी बुवा समेत छन् । बुबाले उनलाई देह व्यापारमा लाग्न दबाब दिएको आरोप छ ।

पीडित बालिकाले दिएको उजुरीमा ललितपुरमा राजनीतिमा नाम चलेका व्यक्तिविरुद्ध पनि बलात्कार आरोप लगाइएको छ । तीमध्ये समाजवादी पार्टी र बहुजन समाज पार्टीका जिल्ला अध्यक्षहरू पनि छन् ।

प्रहरीले एफआईआर (जाहेरी) दर्ता गरी घटना अनुसन्धान सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाजवादी पार्टीका जिल्ला अध्यक्षले भने आरोप गलत भएको दाबी गरेका छन् । तर बहुजन समाज पार्टीका जिल्ला अध्यक्षले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।