गर्भवति अबस्थामा यौन सम्पर्क गर्दा कुनै नकारात्मक असर गर्छ ? हेर्नुहोस्  जान्नै पर्ने कुरा - Himalaya Times Express

काठमाडौं । अधिकांश दम्पत्ति गर्भावस्थामा यौन सम्पर्क गर्न हुने वा नहुने विषयले चिन्तित् रहने गर्छन् । गर्भावस्थामा यौन सम्पर्क राख्दा शिशु र महिला दुवैलाई नकारात्मक असर गर्ने बुझाइ आम दम्पत्तिमा पाइन्छ  । यसलाई स्वभाविक चिन्ता पनि मान्छि । गर्भावस्थामा यौन सम्पर्क राख्दा पाठेघर खुम्चिनेदेखि शिशुलाई छोपेर राखेको झिल्ली च्यातिएर संक्रमण हुनेसम्मको तर्क हुने गर्छ ।

गर्भावस्थामा यौन सम्पर्क 

स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न सकिन्छ ।  स्वस्थ गर्भावस्थामा हुने यौन सम्पर्कले महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर नगर्ने चिकित्सकहरु बताउँछन् ।

गर्भवती महिलाले इच्छा गरेमा वा उनलाई कुनै असजिलो महसुस नभएमा यौन सम्पर्क राख्न अफ्ठ्यारो मान्नु पर्दैन । तर, यसबेला पुरुषले यौन सम्पर्कका लागि दबाब दिनु भने हुँदैन ।

यौन सम्पर्कले आपसी सम्बन्ध प्रगाढ हुने

यौन सम्पर्कले दम्पत्तिबीचको सम्बन्धलाई प्रगाढ बनाउने गर्छ । तर, गर्भावस्थामा यौन सम्पर्क नहुँदा सम्बन्धमा बिग्रिने डरमा महिलाहरु रहेका देखिन्छन् । गर्भवती अवस्थामा पनि कुनै न कुनै रुपमा दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल सञ्चारको आवश्यकता पर्ने गर्छ ।

यसका लागि गर्भावस्थामा पनि यौन क्रियाकलाप आवश्यक पर्छ । तर, यसका लागि गर्भ रहेको कति महिना भयो भन्नेले अर्थ राख्ने गर्छ । गर्भ रहेको महिनाको आधारमा यौन आसन प्रयोग गर्नुपर्ने हुन्छ भने सोहीअनुसारको सावधानी पनि अपनाउनु पर्छ । यौनसम्पर्कपछि रक्तश्राव, पेट दुखेमा, असहज महसुस भएमा,  योनीबाट पानी बगेमा यौन सम्पर्क तत्काल बन्द गर्नुपर्छ ।

शिशुलाई असर नगर्ने, बेहोस हुने समस्या हटाउने

स्वस्थ गर्भावस्थमा यौन सम्पर्क राख्दा गर्भको शिशुलाई असर नगर्ने चिकित्सकहरुले बताउने गरेका छन् । उनीहरुकाअनुसार भ्रुणको थैली र गर्भाशयका मांशपेशीले गर्भको शिशुलाई सुरक्षा प्रदान गर्ने भएकाले यौन सम्पर्कका कारण गर्भको बच्चामा असर गर्दैन ।

सेक्सका बेला उत्सर्जन हुने अक्सिटोसिन हर्मोनका कारण पति पत्नीबीचको सम्बन्ध आत्मीय तथा प्रेमपूर्ण बन्ने विज्ञहरुको भनाइ छ । गर्भावस्थामा हुने यौन सम्पर्कले महिलालाई चिन्तामुक्त गराउने र पर्याप्तमात्रा निद्रा पर्ने र रक्तचाप सन्तुलित गर्न सहयोग गर्छ ।

गर्भावस्थामा बेहोस हुने समस्याबाट पीडित गर्भवती महिलालाई यस समयमा हुने यौन सम्पर्क लाभदायक बन्न सक्छ । यस समस्याबाट पीडित महिलाहरुका लागि पुरुषको वीर्यमा हुने प्रोटिनले फाइदा गर्ने चिकित्सकको भनाइ छ । उनीहरुकाअनुसार वीर्र्यले महिलामा विशेष एन्टीबडी उत्पादन गरी गर्भावस्थामा बेहोस हुने समस्या कम गर्छ ।

गर्भमा रहेको बच्चालाई असर नगर्ने गरी पेटलाई दबाब सृजना नहुने गरी यौन सम्पर्क गर्नुपर्ने हुन्छ । यसका लागि उचित यौन आसन चयन गर्नुपर्ने हुन्छ ।

तर, गर्भ रहेको सुरुको तीन महिना र अन्तिमको एक महिना यौन सम्पर्क नराख्दा नै राम्रो हुन्छ । अन्य सामान्य अवस्थामा वा गर्भवती महिलामा कुनै असहज अवस्था नरहेको खण्डमा यौन सम्पर्क गर्न सकिन्छ ।  – canadanepal