file photo

फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा पोर्चुगलले सहज जित हात पारेको छ । गएराति भएको खेलमा पोर्चुगलले लक्जम्बर्गमाथि ५–० को जित निकालेको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे भने ब्रुनो फर्नान्डेज र जोआओ पाल्हिन्हाले एकएक गोल गरे ।  खेलका आठौँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि १३औँ मिनेटमा पेनाल्टी र ८७औँ मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे । योसँगै रोनाल्डो आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ११५ पुर्याएका छन् । त्यो भन्दा अगाडी फर्नान्डेजले १७ औँ मिनेटमा गोल गरेका थिए भने पाल्हिन्हाले ६९औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै पोर्चुगल अंक तालिकामा दोस्रो स्थानमा कायम छ । शीर्षस्थानको सर्बियाको ७ खेलमा १७ अंक तथा पोर्चुगलको ६ खेलमा १६ अंक रहेको छ । पराजित लक्जम्बर्ग भने तेस्रो स्थानमा छ ।