साङ्केतिक तस्विर

डेनमार्क २०२२ को कतार विश्वकपका लागि छनौट भएको छ । युरोपको विश्वकप छनौट अन्तर्गत समुह एफ अन्तर्गत गएराती अस्ट्रियालाई १-० ले पराजित गर्दै डेनमार्क विश्वकपमा छनौट भएको हो ।

अस्ट्रियाविरुद्धको खेलमा खेलको ५३औँ मिनेटमा जोआकिम माएहिलेले गरेको गोल नै निर्णायक गोल बनेको थियो । यो जितपछि डेनमार्कको ८ खेलमा साबि खेल जितेर २४ अंक भएको छ र विश्वकप छनौटका दुई खेल खेल्नु अघि नै छनौट भएको छ ।

योसँगै डेनमार्क युरोपबाट जर्मनीपछि विश्वकपमा छनौट हुने दोस्रो देश बनेको छ । त्यस्तै अस्ट्रियाको भने ८ खेलमा १० अंक छ र समुहमा चौथो स्थानमा रहेको छ ।