हेटौँडा । स्थानीय एक होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेबाट नगद १ लाख ६५ हजार २ सय ६५ रुपैँया समेत बरामद भएको छ । प्यूठान नगरपालिका–४ जुम्रीमा तास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो र जुम्री रहेको ऐरावती होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने २४ वर्षीय सतिस केसी लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

होटलमा तास खेलिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले नगद सहित प्रक्राउ गरेको हो । उनीहरुबाट नगद १ लाख ६५ हजार २ सय ६५ रुपैयाँ, ३ गड्डी तास, ७ थान मोबाइल र ६ वटा मोटरसाइकल सहित पक्राउ गरेका छ ।