इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्स दोस्रो क्वालिफायरमा पुगेको छ । गएराती सम्पन्न इलिमिनेटरको खेलमा कोलकोताले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।

बैंगलोरले दिएको १३९ रनको लक्ष्य पछाएको कोलकोताले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

कोलकोताका लागि शुभमन गीलले २९, वेंकटेश अय्यरले २६ रन बनाएका थिए ।  त्यस्तै नितिश राणाले २० रन बनाए भने सुनिल नारायणले २६ रन बनाएका थिए ।  त्यस्तै हर्षल पटेल, मोहमद सिराजले र युजवेन्द्र चहलले २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाउदै १३८ रन बनाएको थियो ।

बैंगलोरका लागि विराट कोहलीले ३९ रन बनाए भने देवदत्त पाडिकलले २१ रन बनाए ।  त्यस्तै ग्लेन म्याक्सवेलले १५, एबी डीभिलियर्सले ११, शहबाज आहमदले १३ रन बनाएका थिए ।  त्यस्तै कोलकोताका बलर सुनिल नारायणले ४ विकेट लिए भने लुकी फर्गुशनले २ विकेट लिएका थिए ।

यस हार पछि रोयल च्यालेन्जर्स बैंगलोरको आइपिएल यात्राको यस सिजन समाप्त भएको छ ।  यो जितसँगै कोलकोताले भने दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सको सामना गर्ने छ । दोस्रो क्वालिफायर खेल आगामी बुधबार हुने छ ।