सुनको भाउ तोलामा चार सय रुपैयाँले सस्तिएको छ । मंगलबार तोलाको ९० हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा बुधबार सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ८९ हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

चार दिनदेखि लगातार चाँदीको भाउ स्थिर छ । आइतबार एक हजार एक सय ६० रुपैयाँमा किनबेच भएको चाँदी बुधबारसम्म आइपुग्दा पनि उहीँ दरमा कारोबार भइरहेको छ ।