file photo

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा मुटुरोग स्वास्थ्य सम्बन्धि नि:शुल्क शिविर संचालन हुने भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनमा नि:शुल्क शिविर संचालन हुने भएको हो ।

असोज १६ गते बिहान ८ बजे देखी शिविर सुरु हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य उत्सव चौलागाईले जानकारी दिए ।

शहिद गगांलाल राष्ट्रिय हृदयकेन्द्र,बासबारी काठमाडौंका मुटु रोग विशेषज्ञबाट शिविर संचालन हुने उनले बताए ।