भारतकै चर्चित रियालिटी शो हो बिग बोस। आउँदो बिग बोसको नयाँ संस्करणमा पनि बलिउड स्टार सलमान खाननै प्रस्तोता बन्ने भएका छन् ।

बिग बोस–१५ को नयाँ सिजनको प्रस्तोताका लागि उनलाई महँगो पारिश्रमिक दिइने भएको भारतिय मिडियामा जनाइएको छ । अगाडिको सिजनदेखि नै पारिश्रमिक बढाउन भनिरहेका सलमानले यस पटक महँगो पारिश्रमिक पाउने भएका छन् ।

उनले अबको शोको लागि ३५० करोड भारतीय रुपियाँ दिइने भएको छ । यही सेप्टेम्बर १८ मा बिग बोस ओटीटी सकिएपछि बिग बोस–१५ प्रशारण हुने बताइएको छ ।

शोमा करण कुन्द्रा, मानव गोहिल, टिना दत्ता, अमित टन्डन लगायतका कलाबारहरुको सहभागीता रहने बताइएको छ । शो प्रशारण हुने भएपछि दर्शकहरु पनि उत्साहित भएका छन् । यसअघि सलमानले २ सय करोड ५० लाख रुपैयाँ पारिश्रमिक लिएका थिए ।