इण्डियन प्रिमियर लिग (आइपिएल) को स्थगितपछि भएको पहिलो खेलमा चेन्नई सुपरकिंग्स विजयी भएको छ । गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई २० रनले पराजित गरेको छ ।

चेन्नईले दिएको १५७ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १३६ रन बनाएको थियो । मुम्बईका लागि सौरभ तिवारीले सर्बाधिक अविजित ५० रन बनाएका थिए भने आइपिएल डेभ्यु गरेका अनमोलप्रित सिंहले १६ रन बनाए । त्यस्तै केरन पोलार्ड र एडम मिल्नेले १५-१५ रन बनाए भने इशान किशनले ११ रन बनाए । यस खेलमा मुम्बई इण्डियन्सका नियमित कप्तान रोहित शर्मा र हार्दिक पाण्डेय खेलेका थिएनन् ।

चेन्नईका बलर डवाने ब्राभोले ३ विकेट लिए भने दीपक चहरले २ विकेट र श्रदुल ठाकुरले एक विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा त विकेट गुमाउदै १५६ रन बनाएको थियो । चेन्नईका लागि रुतुराज गायकवाडले अविजित ८८ रन बनाए भने रविन्द्र जडेजाले २६ र डवाने ब्राभोले २३ रन बनाए । मुम्बईका बलर ट्रेन्ट बोल्ट, एडम मिल्ने र जसप्रित बुमराहले २-२ विकेट लिएका थिए ।