हेटौँडा । हेटौाडा उपमहानगरपालिका वडा नंबर १० टिसिएन रोडमा हराएको ६ लाख ५० हजार रुपैँया सिसि क्यामराको साहाराले फेला परेको छ । गत बुधबार ईन्भेष्टमेन्ट बैंक हेटौडा शाखाबाट चेक सटही गरी सिमाचोक तर्फ आउने क्रममा ईभर ग्रिन फेन्सी संचालक सन्जन गौतमको ६ लाख ५० हजार नगद हराएको थियो ।

रकम निकालेर मोटरसाईकलको लेगार्डमा झुण्डाउँदै पसल जाने क्रममा सिमा चोकमा पुगेपछि गौतमले पैसा हराएको थाहा पाएका थिए । उनले तत्कालै प्रहरीमा खबर गरि पैसा भेटनुहुनेलाई बुझाईदिन आग्रह समेत गरेका थिए ।

तीनदिनसम्म पैसा नभेटिएपछि टिसिएन रोडका ब्यवसायीहरुले आफ्नो ब्यवसाय अघि राखेको सिसिटिभिको माध्यमबाट उक्त रकम भेटने ब्यक्तिको पहिचान गर्न सफल भएका थिए । गौतमले प्रहरीको सहयोगमा उक्त रकम भेटने ब्यक्तिको घरसम्म पुगेर रकम फिर्ता लिएका छन् । उनले पैसा भेटेर सुरक्षित राखिदिने हेटौँडा १० निवासी ठुलीमाया गोलेलाई ५० हजार ५ सय रुपैँया पुरस्कार स्वरुप प्रदान समेत गरेका छन् ।

आफुले यो रकम बैंक मार्फत ऋण लिएको बताउदै माया मारेको रकम हात पार्दा खुसी लागेको बताए । गौतमले आफु पनि आफनो पसल बाहिर देख्ने गरी सिसि क्यामरा राख्ने बताए । सिसि क्यामराको मार्फत आफुले निकै ठुलो सहयोग प्राप्त गरेको भन्दै उनले बजारका सबै ब्यवसायीले सिसि क्यामरालाई प्राथमिकता दिनुपर्ने बताए ।