हेटौंडा । सामजिक क्षेत्रमा निरन्तर मानवीय सेवामा सक्रिय सामाजिक संस्था सहयोगी मन नेपालका अध्यक्ष केदार प्रसाद चौलगाईले आजको दिनबाट कुनैपनि राजनीतिक दलको पदीय जिम्मेवारीमा नरहने बताएका छन् ।

आईतबार सामाजिक संजाल फेसबुकमा लेख्दै अध्यक्ष चौलगाईले आजको दिनबाट कुनैपनि राजनीतिक दलको पदीय जिम्मेवारीमा नरहने बताएका हुन् ।

चौलागाई लामो समय राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) मकवानपुरको हेटौंडा नगर कमिटी र केहि महिना अघि मात्रै नेपाली कांग्रेस मकवानपुरमा प्रवेश गरेका थिए ।

फेसबुकमा लेख्दै अध्यक्ष चौलगाईले भनेका छन्ः आजबाट कुनैपनि राजनीतिक दलको कुनैपनि पदीय जिम्मेवारी नरहने जनाउँछु । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै सक्रिय रहँदै आएको म आगामी दिनहरुमा धार्मिक एवं मानवीय सेवामा निरन्तर जुझारु ढङ्गले सामाजिक सेवामा सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।

चौलागाई केहि साता अघि मात्रै श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरको अध्यक्षमा चयन भएका थिए । चौलगाईले आगामी दिनहरुमा मानवीय सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।