काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता विरोध खतिवडाले अब आउने चुनावमा एमाले भन्दा समाजवादी पार्टी ठुलो नभए आफु राजनीतिबाट सन्यास लिने बताएका छन् ।

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन कार्यक्रममा खतिवडाले भने, ‘हेर्नुहोला, आउने चुनावमा केपीको पार्टीभन्दा हाम्रो पार्टी ठूलो हुन्छ, ठूलो भएन भने विरोध खतिवडाजी तपाईँले त मेरो कार्यक्रममा राजनीतिबाट सन्यास लिन्छु भन्नुभएको थियो भनेर सोध्नुहोला।’ खतिवडाले ओलीले झापामा चुनाव हार्ने डरले राप्रपासँग गठबन्धन गरेको आरोप लगाए।