हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोक नजिक उज्वल डेन्टल केयर तथा अर्थोडेन्टिस सेन्टरको शुभारम्भ भएको छ ।

आज शनिबार बिहान एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपािलका वडा नंबर २ का वडा सदस्य सुदिप राजबहाक उक्त डेन्टल केयर तथा अर्थोडेन्टिस सेन्टरको उद्घाटन गरेका हुन् ।

हेटौंडा-२ बुद्धचोक नजिकको शान्तिटोल स्थित उक्त डेन्टलमा आजबाट आधुनिक विधिद्वारा दाँतको उपचार सुरु गरिएको क्लिनिकका संचालक दिलिप यादवले जानकारी दिए । उनले आजबाट संचालनमा आएको क्लिनिकमा एक हप्तासम्म दाँतको जाँच लगाएत अन्य सेवामा २० प्रतिशत छुट समेत दिएको उनको भनाई छ ।

बालबालिकादेखि बृद्धबृद्धासम्म सबैको दात सम्बन्धी भरपर्दो उपचार सर्वसुलभ रुपमा गरिने उनले बताए । हेटौंडामा कम मात्रामा उच्च सेवा सहितको डेन्टल क्लनिक रहेका छन् । संचालक यादवले क्लिनिकमा विरगंज र चितवनका अनुभवि र विशेषज्ञ डाक्टरबाट सेवा प्रदान हुने बताए । सेवाग्राहीको माग र बाध्यतालाई ध्यानमा राख्दै क्लिनिक संचालनमा ल्याईएको हुँदा चर्को शुल्क अशुल्ने मनशाय नरहेको उनले बताए ।

प्रारम्भिक रुपमा क्लिनिकमा दाँत भर्ने, दाँतको जारदेखि उपचार गर्ने, नक्कली दाँत बनाउने, दाँत प्रत्यारोपण गर्ने बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँत निकाल्ने, बच्चाहरुको दाँतको सम्पूर्ण उपचार, गिजाको उपचार गरिने क्लिनिकले जनाएको छ ।