सांकेतिक तस्बिर

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर १० आनन्द टोलमा एकजना युवा मृत फेला परेका छन् । (शनिबार) दिउँसो एक पुरुषको शव फेला परेको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० आनन्द टोलको एक घरमा कोठा भाडामा लिएर बस्ने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शव लम्जुङ घर भएका अन्जादी ३० वर्षीय अमृत पन्थिको रहेको प्रहरीले जनाएको छ ।

आनन्द टोलमा रहेको सत्यनारायण सिलवालको घरमा भाडामा बसेका पन्थीको कोठा दिउँस अबेरसम्म नखुलेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले कोठामा गएर हेर्दा उनी सुतेकै अवस्थामा मृत फेला पारेको हो ।
उनी के कारणले हेटौँडामा बसे र मृत्युको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।