नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एएफसी महिला एसियन कप–२०२२ छनोटमा नेपालले अन्तिम २ मिनेटमा २ गोल खाएपछि फिलिपिन्ससँग पराजित भएको छ ।

शनिबार भएको पहिलो खेलमा नेपाल बलियो फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको छ ।

फिलिपिन्सले खेलको ८९ र ९१औँ मिनेटमा गोल गर्दै कमब्याक जित हासिल गरेको हो ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा सम्पन्न खेलमा नेपालले खेलको १०औँ मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् ।

नेपालले दोस्रो खेलमा हङकङसँग बिहीबार खेल्दै छ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल यही असोज ८ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने छ ।