रामकुमार दानी,हेटौंडा । नागरिक समाज मञ्च,मकवानपुरले हेटौंडा स्थित दुई स्वास्थ्य संस्थाहरु संग छलफल गरेको छ । बुधबार समाजले नागरिक निगरानी कार्यक्रम अन्तर्गत हेटौंडा १३ स्थित पदमपोखरी स्वास्थ्य चौकी र हेटौंडा बजार स्थित हेटौंडा अस्पतालबीच अस्पतालको अवस्था बारे छलफल गरेको हो ।

नागरिक समाज मकवानपुरको संयोजक रमिला सापकोटा,बाल कल्याण समाज मकवानपुरको अध्यक्ष प्रकाश खतिवडा,डिइसी नेपालको कार्यक्रम संयोजक मान बहादुर वाइबा र बिरबहासुर थापा मगरको टोलिले अस्पतालको अवस्थाबारे छलफल गरेको हो ।

निगरानी कार्यक्रममा हेटौंडा १३ स्थित स्वास्थ चौकीमा सबल पक्षहरु देखिएका र केही प्रसासनिक कार्यहरु सुधार्नु पर्ने देखिएको समाजको टोलीले निष्कर्ष निकालेको थियो ।

स्वास्थ चौकिकी अनमी सुनिता थापाले सरकारले ३५ प्रकारको औषधि स्वास्थ संस्थाबाट निसुल्क उपलब्ध गराउन पर्नेमा विविध कारणले करिब २० प्रकारको औषधी मात्र वितरण गरिरहेको जानकारी गराएकी थिईन् । उनले स्वास्थ चौकीमा बर्थिङ सेन्टरको नाम मात्र रहेको तर सेवा दिन सामान नभएको भन्दै दुःख व्यक्त गरिन् ।

उनले आफु चौकीको प्रमुख नभएकोले स्वास्थ्य चौकी बारे थप जानकारी नभएको प्रष्ट पारेकी थिईन् । स्वास्थ चौकीको निगरानिको क्रममा स्वास्थ चौकिमा रहेको औषधिको पनि अनुगमन गरियको थियो ।

नागरिक अनुगमन तथा छलफलमा नागरिक समाज मंच मकवानपुरकी संयोजक रमिला सापकोटाले नागरिक बडापत्र सूचना पाटी दैनिक कार्यतालिका वार्षिक प्रगति प्रतिवेदन लगाएत प्रशासनिक व्यवस्थापन सुधार्नु पर्नेमा ध्यानाकर्षण गराइन् ।

छलफलमा बाल कल्याण समाज मकवानपुरको अध्यक्ष तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका सदस्य प्रकाश खतिवडाले स्वास्थ्य बिमा गरेकाले पहिला यहि स्वास्थ चौकिमा स्वास्थय जाँच गराएर यहाँको स्वास्थकर्मीको सल्लाह अनुसार मात्र हेटौंडा हस्पिटल जाँदा बिरामीको खर्च कम हुने र हेटौंडा हस्पिटलमा भिडभाड कम हुने जानकारी गराए ।

छलफलमा डिइसी नेपालको संयोजक मान बहादुर वाइबाले स्वास्थ्य चौकीको सबल पक्ष र नागरिक समाज मकवानपुरले सुधार्नु पर्ने कुरा औल्याएको हुँदा आउँदो दिनमा सुधारिएको पाउनेमा आशावादी रहेको बताएका थिए ।

यसैगरि नागरिक अनुगमनकै क्रममा मकवानपुरमा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालको पनि अनुगमन तथा छलफल गरिएको थियो । छलफल तथा नागरिक अनुगमन कार्यक्रममा हेटौंडा हस्पिटल संचालक समितिको सदस्यद्वय उत्सब चौलागाई,हिरालाल तामाङ,अस्पतालका निमित्त मेसु डाक्टर रामचन्द्र सापकोटा र नागरिक अनुगमन कर्ताबीच छलफल भएको थियो ।

नागरिक समाजको तर्फबाट अस्पतालमा एम्बुलेन्स समस्याका साथै फोननै नउठाउने समस्या रहेको भन्दै टिकट काउन्टरमा भीडभाड हुने र त्यसको केही व्यवस्थित गरिनुपर्ने, डाक्टरहरु निजी क्लिनिकमा भेटिने, बिमाका नि:शुल्क पाउने औषधि नपाईने, बाहिर तोकिएको मेडिकलमा किन्न पठाउने जस्ता काम भएको छलफलको क्रममा उठेका थिए ।

कोभिडको उपचारमा भने उत्कृष्टता हासिल गरेको अस्पतालले कर्मचारीबाट बिरामी तथा कुरुवा माथि हप्किदप्कि गरिनुका साथै समयसिमा सम्म डाक्टर अस्पतालमा नबस्नाले समस्या उत्पन्न भएको नागरिक समाजले जनाएको थियो ।

अस्पतालभित्र बिरामी बालबालिकाको लागि छुट्टै सेवा सुविधा रहनुपर्ने बताउदै बिरामीलाई छिटो सेवा दिने व्यवस्थापन गरिनुपर्ने बताइएको थियो ।

छलफलको क्रममा निमित्त मेसु रामचन्द्र सापकोटाले ५० बेड क्षमताको अस्पताल रहेको र त्यो भन्दा पनि बढी सेवाग्राही भएकोले अस्पतालमा भिड भएको बताएका थिए ।

सरकारले ओपिडी सेवा पनि तोकेको तर आफुहरु तोकिएको भन्दा बढी सेवा दिएर काम गरिरहेको बताएका थिए । उनले अस्पतालको नयाँँ भवन मंसिरसम्म निमार्ण सम्पन्न हुने बताउँदै जेनरल ओपिडी सेवा छुट्टै गर्न सकिने,टिकट काउन्टर लगाएत अन्य सेवाहरु सहज रुपमा दिन सकिने र भीडभाड कम हुने जानकारी गराएका थिए ।