श्रीलंकाका क्रिकेटर लासिथ मालिंगाले टी-२० क्रिकेटबाट सन्यास लिएका छन् ।

मालिंगाले मंगलबार टी-२० क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

सन्यासको घोषणा गर्दै मालिंगाले भनेका छन्- ‘आज मैले टी-२० क्रिकेटको बलिंगबाट शतप्रतिशत आराम गर्ने निर्णय गरेको छु । मेरो टी-२० क्रिकेटको यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

३८ बर्षिय मालिंगाले श्रीलंकाका लागि अन्तिम खेल २०२० को मार्चमा खेलेका थिए भने उनी फ़्रेन्चाइज क्रिकेटमा पनि पछिल्लो समय खेलिरहेका थिएनन् ।

मालिंगाले टेस्ट क्रिकेट भने २०१० देखि नै खेलेका छैनन् भने एकदिवसीय खेल पनि २०१९ को जुलाईमा अन्तिम खेल खेलेका थिए ।

श्रीलंकाका लागि ३० टेस्ट खेल खेल्दै १०१ विकेट लिएका छन् भने २२६ एकदिवसीय खेल खेल्दै ३३८ विकेट लिएका छन् । त्यस्तै श्रीलंकाका लागि ८४ टी-२० खेल खेल्दै १०७ विकेट लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा २ पटक ह्याट्रिक लिएका छन् भने विश्वकपमा पनि दुई पटक ह्याट्रिक लिएका छन् ।

चर्चित लिग आइपिएलमा मुम्बई इन्डियन्सबाट खेल्दै मलिंगाले १७० विकेट लिएका छन् । उनी आइपिएलमा अहिलेसम्म पनि सर्बाधिक विकेट लिने खेलाडी हुन् ।