बुधबार सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सयले बढेर प्रतितोला ९१ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोला ९० हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य प्रतितोला १२०० मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।