सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरमा जङ्गली हात्तीले आक्रमण गर्दा भाग्ने क्रममा सोलारको तारको करेन्टले घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ६ जोगितालका अन्दाजी ३५ वर्षीय रामलाल तामाङ रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

भदौ २९ गते मंगलबार हिजो तामाङको घरदेखि २ सय मिटर पश्चिममा रहेको खेतमा जङ्गली हात्ती आउँदा हात्ती लखेट्न जादाँ हात्तीले एक्कासी आक्रमण गर्दा भाग्ने क्रममा खेतिबालि संरक्षण गर्न राखिएको सोलारको तारमा परि करेन्ट लाग्दा तामाङ घाईते भएका थिए ।

उनलाई तत्काल उपचारको लागि भरतपुर अस्पताल पठाईएको थियो । उनको उपचारकै क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।