File photo

हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज (बुधबार) ६६ जनामा पिसिआर र १८ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः १४ जना र ४ जना गरी १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा १३ जना हेटौंडा उपमहानगरपालिका भित्रका र एक जना भीमफेदी गाउँपालिका भित्रका रहेका छन् ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या २ सय १२ छन् । जसमा २०३ जना घरमा र ९ जना संस्थागत आइसोलेसनमा उपचारत रहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा ३० जनाले कोरोना जितेका छन् ।

जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६४ जनाको मृत्यु भएको छ ।