हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) मकवानपुर जिल्ला कमिटी सदस्य कुमार घलान नेकपा एमाले प्रवेश गरेका छन् ।

आज हेटौंडा-५ पुष्पलाल पार्क स्थित नेकपा एमाले मकवानपुरको पार्टी कार्यलयमा भएको एक कार्यक्रमबिच जसपा मवानपुरका जिल्ला सदस्य घलान एमाले प्रवेश गरेका हुन् ।

यसैगरि हेटौंडा-१५ वडाका सचिव मेजर सिंह घलान र नेपाली कांग्रेस वडा सदस्य भक्त बहादुर वाइबा एमालेमा प्रवेश गरेका छन् ।

उनिहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा एमाले मकवानपुर जिल्ला कमिटी अध्यक्ष बद्री लम्साल, सचिव एकालाल श्रेष्ठ जिल्ला सचिवालय सदस्य पद्मा पौडेल,सुनिल मोक्तान,फूर्वा दोर्जे लामा, जिल्ला सदस्यहरू इन्द्रमान स्याङतान, धरम लामा, लक्ष्मण उप्रेती, सानु लामा, पातली माया गोङबा,एमाले हेटौंडा नगर कमिटी अध्यक्ष सालिकराम पूडासैनि, वडा कमिटी अध्यक्ष पर्स बहादुर भुजेल, मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुवेदी लगायतको उपस्थिति रहेको थियो ।