सांकेतिक तस्बिर

उदयपुरमा एक किशोरी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । चौदण्डीगढी नगरपालिका–१० खैराकी २१ वर्षीया करिश्मा चौधरी कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।

उनी कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । लहानको एक फेन्सी पसलमा काम गर्दै आएकी उनी डेरा बस्ने गर्थिन् ।

दिउँसोबाट साँझसम्मै कोठामा सुति रहेको भन्दै घरबेटीले उठाउन खोज्दा मृत फेला पारेको बताइएको छ । मृतकको घाँटीमा डोरीको डाम, र्‍याल, रगत, टाउकोमा चोट र बाहिरबाट चुक्कुल लगाएरकाले घटना रहस्यमय रहेको  परिवारले बताएको छ । यस घ‍टनाबारे प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ ।