1140x725

मुग्लिन । पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ ।

गए राति २ बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक  सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।