प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा शुरु भएको छ । एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गरेका हुन् । अहिले एमालेका सांसदहरुको नाराबाजी गरिरहेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पेस गरेलगत्तै सभामुखले विधेयकमाथिको छलफल अगाडि बढाएका छन् ।