हेटौंडा । मकवानपुरमा जारी निषेधाज्ञा असोज १५ गतेसम्म थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनले जारी निषेधाज्ञालाई असोज १५ गतेसम्म थप गर्ने निर्णय गरेको हो । जिल्लामा २४ सै घण्टा व्यवसाय गर्न पाइने भएको छ । आगामी असोज १ गतेबाट व्यवसाय २४ सैं सञ्चालन गर्न पाइने भएको हो। यसअघि मकवानपुरमा व्यवसाय संचालन गर्ने समयसिमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको थियो। व्यवसाय संचालकले स्वास्थ्य मापदण्डको पालना अनिर्वाय गर्नुपर्ने प्रशासनले जनाएको छ ।

जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या घटे संगै प्रशासनले सबै किसिमका व्यवसाय खोल्न अनुमति दिएको हो । यद्यपी जिल्लामा संक्रमण शुल्य अवस्थामा झरेको भने छैन् ।

जिल्लामा आजको दिनमा २ सय २४ जनामा सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २ सय १७ जना घरमा र ७ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

No photo description available.