सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरमा आज थप ४४ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण हुँदा ४४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा हालसम्म १५ हजार ३२ जनामा कोरोना पुष्टि हुँदा १४ हजार ५ सय ९४ जनाले कोरोना जितेको कार्यलयले जनाएको छ ।

जिल्लामा हाल २ सय २४ जनामा सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २ सय १७ जना घरमा र ७ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६४ जनाको मृत्यु भएको छ ।