file photo

हेटौंडा । मकवानपुरको हेटौंडा स्थित सिनेमा हलहरु असोज १ गतेबाट संचालनमा आउने भएका छन् ।

कारोना संक्रमण जोखिमको कारण करिब ५ महिनादेखि बन्द रहेका सिनेमा हलहरु असोज १ गतेबाट संचालनमा आउन लागेको हेटौंडा स्थित एन एस सिनेमा हलका व्यवस्थापक कैलाश ढकालले जानकारी दिए ।

उनले जिल्ला प्रशासन कार्यलय मकवानपुरको अनुमतिमा असोज १ गतेबाट संचालनमा आउन लागेको स्पष्ट पारे । उनले भनेः असोज १ गतेबाट हल संचालन हुँदै छ,हामी हल खोल्न तयारी अवस्थामा छौ । हलमा स्वास्थ्य मापदण्डको पालना अनिवाय गराउने छौ ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा दुई सिनेमाहरु रहेका छन् । एन एस सिनेमा र ओम्याक्स सिनेमा हल दुबै हेटौंडा ४ स्थित रहेका छन् । दुबै हल संचालनको तयारीमा रहेका छन् ।