हेटोंडा । ५७ औ राष्ट्रिय बाल दिवसको अवसरमा भिमफेदी गाउँपालिका स्तरिय अन्तर निमावि चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

मंगलवार सम्पन्न भएको प्रतियोगितामा श्री मावि कोगटेकी गंगा आचार्य प्रथम भएकी छिन् । कोभिडबाट बच्न अपनाउन पर्ने सावधानीका उपायहरु शिर्षकमा भएको प्रतियोगितामा श्री मावि कोगटेकै देवराज बडा द्धितिय भएका छन् । त्यस्तै तृतिय हुनेमा श्री महेन्द्र माविकी आरसा राना रहेकी छिन् । प्लान इन्टरनेशनल नेपालको सहयोग र सामुदायिक विकास संस्था नेपालको समन्वय र भिमफेदी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा ९ वटा विद्यालयको १८ जना विद्यार्थी सहभागी रहेका थिए । प्रथम,द्धितिय र तृतिय हुनेलाई स्टेसनरी सामनबाट पुरस्कृत गरिएको हो ।

भिमफेदी गाउँपालिकाका शिक्षा शाखा प्रमुख कपिलमणि पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक विकास संस्था नेपाल मकवानपुरका कार्यक्रम संयोजक अर्जुन खड्का विशेष अतिथि रहेका थिए । त्यस्तै कार्यक्रम संचालन पालिकाका शिक्षा सुपरिवेक्षक गोविन्द प्रसाद चौलागाईले गरेका हुन् ।


रामकुमार दानी