बकैया । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले गाउँपालिका बालश्रम मुक्त गाउँपालिका घोषणाको तयारीमा रहेको बताएकी छन् ।

आज बाल दिवसको अवसरमा बकैया ३ हात्तीसुँडेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बोलखेले गाउँपालिकाले बालबालिकाहरुको क्षेत्रमा विभिन्न कामहरु गरिरहेको बताईन् । उनले केहि महिना अघि बालमैत्री गाउँपालिका घोषण भएको बताउँदै गाउँपालिकालाई मकवानपुरकै पहिलो बालश्रम मुक्त गाउँपालिका घोषणाको तयारी भएको बताईन् ।

उनले गाउँपालिकामा बालश्रममा परेका बालबालिकाहरु न्युन रहेको बताईन् । ‘विद्यालय बन्द रहेको अवस्थामा आफ्ना अभिभावकलाई काम सघाउनु हामी त्यसलाई बालश्रम भन्दैनौ उपाध्यक्ष बोलखेल भनिन्,१४ वर्ष उमेर समूह भन्दा साना उमेर समूहका बालबालिका विद्यालय जानबाट बञ्चित भएर अरुको घरमा काम गरेर बस्नु हुन्छ त्यसलाई निष्कृष्ट प्रकारको बालश्रम भन्छौ,त्यो श्रमचाई हुनु हुँदैन भनेर अघि बढिरहेका छौ ।’

गाउँपालिकामा बालबिवाह समस्याको रुपमा रहेको बताउँदै उपाध्यक्ष बोलखेले बालबिवाहले भविष्यमा निम्ताउने समस्या अभिभावक आफैले बुझ्नुपर्ने बताईन् । ‘विद्यालयहरु भर्खरै खुलेको छ,बालबालिकाहरुको गतिविधि अझ क्रियाशिल ढङ्गबाट अघि बढाईरहेका छौ,हामीले बालबालिकाहरुको कार्यक्रमलाई रोकेका छैनौ उपाध्यक्ष बोलखेले भनिन्,कोभिड महामारी र विद्यालय बन्द भएका कारण केहि गतिविधि रोकिएको थियो अब यो कार्यक्रमलाई निरन्तरता दिन्छौ ।’

बालमैत्री गाउँपालिका घोषणाको स्मरण गर्दै उपाध्यक्ष बोलखेले गाउँपालिकाले बालबालिकाको हक,हित अधिकारको लागि विभिन्न कार्यक्रमहरु गरिहरेको र आगामी दिनहरुमा निरन्तरता दिने बताईन् ।

May be an image of 3 people and people standing