File photo

हेटौंडा । नेपालमा थप १ हजार ५६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ४३ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १ हजा ५६२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५८९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९५।२ रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार २०२ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।