राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा/फाइल तस्विर

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्ष दलको मागलाई सम्वोधन नगरी जर्बजस्ती संसद बैठक चलाउन खोज्नु अनुपयुक्त र संसदीय परम्परा विपरित रहेको बताएका छन् ।

मंगलबार सामाजिक संजालमा एक टुईट गर्दै अध्यक्ष थापाले प्रमुख प्रतिपक्ष दल एमालेको मागलाई सम्वोधन नगरी जर्बजस्ती संसद बैठक चलाउन खोज्नु अनुपयुक्त भएको बताएका हुन् । अधयक्ष थापाले भनेका छन्ः प्रमुख प्रतिपक्ष दलको मागलाई सम्वोधन/व्यवस्थापन नगरी जवर्जस्ति संसद बैठक चलाउन खोज्नु अनुपयुक्त/संसदीय परम्परा विपरित छ। कंग्रेस र कम्युनिष्टको अकर्मण्यताको कारण वर्तमान संविधान/व्यवस्थाको औचित्यमा प्रश्नचिन्ह खडा भएको छ। विकृतिको श्रृखला अन्तगर्न जनादेशबाट नयॅा विकल्प खोज्नुपर्छ ।