सांकेतिक तस्बिर

हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण आज थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपािलका वडा नंबर १ का ४५ वर्षीय पुरुष रहेको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।

कार्यलयका अनुसार पुरुषमा गएको भदौ २२ गते कोरोना पुष्टि भएको साहि दिन उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।

संक्रमित पुरुषको आज बिहान १० बजे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्यलयले जनाएको छ । यो संगै कोरोनाबाट मनहरी गाउँपालिका भित्रका मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६४ जनाको मृत्यु भएको छ ।

जिल्लामा हाल २ सय ५३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा २ सय ४७ जना आफ्नै घरमा र ६ संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरलदे जनाएको छ ।