सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ९ नामटारमा स्कुल जान भनेर हिडेका बेपत्ता भएका ३ जना बालबालिकाहरु काठमाण्डौमा भेटिएका छन् ।

भदौ २७ गते हिजो आईतबार बिहान ९ बजे कैलाश-९ स्थित कालिका मावि हिडेका नामटारका ३ जना बालबालिकाहरु बेपत्ता भएका थिए ।

हराएका तीनैजना बालबालिका गोकर्णेश्वर नगरपालिका ६ जोरपाटी छाहरी क्लब काठमाण्डौमा महानगरीय प्रहरी बृत्त बौद्धको टोलिले आईतबार साँझ फेला पारेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।

फेला पर्ने बालबालिकाहरुमा कैलाश-९ का स्थानीय १३ वर्षीय बोध बहादुर सुनार,सोही ठाउँका ११ वर्षीया बाटुलि सुनार र १० वर्षीया सुष्मा योन्जन रहेकी छन् । उनिहरु स्कुल ड्रेसमा बेपत्ता भएका थिए ।