स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सेल्टा डी भिगोलाई ५–२ ले पराजित गरेको हो ।

रियल मड्रिडको जितमा करिम बेन्जिमाले ह्याट्रिक गरे । उनले २४, ४६ र ८७ औँ मिनेटमा गोल गरेका हुन् । अन्तिम गोल उनले पेनाल्टी मार्फत गरेर ह्याट्रिक पूरा गरे ।

यस्तै रियल मड्रिडका लागि ५४ औँ मिनेटमा भिनिसिअस जुनियर र ७२ औँ मिनेटमा कामाविन्गाले गोल गरे । सेल्टा डी भिगोका लागि मिना लोरेन्जोले चौथो तथा सेर्भीले ३१ औँ मिनेटमा गोल गरेका हुन् ।

जितपछि चार खेलबाट १० अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ । आइतबार राति नै भएको खेलमा स्पानियोललाई २–१ ले पराजित गरेको एथ्लेटिको मड्रिडको पनि समान १० अंक नै छ र तेस्रो स्थानमा छ । ओसासुनलाई ४–१ ले पराजित गरेको भ्यालेन्सिया १० अंकसहित दोस्रो स्थानमा छ ।