हेटौंडा । हेटौंडा ४ मा रहेको कपुर कम्लेक्समा सिजि डिजिटलको नयाँ शोरुम खुलेको छ ।

आइतवार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले रिवन काटेर शोरुमको उद्घाटन गरेका हुन् । सिजि डिजिटलले देशभर आफ्नो शोरुम विस्तार गर्ने क्रममा बागमती प्रदेशको राजधानीको बजारलाई मध्यनजर गर्दे विभिन्न ९ वटा ब्रान्डका सामानहरु रहेको सिजि डिजिटलका अपरेशन मेनेजर पुष्पराज बरालले बताए ।

उनका अनुसार हाल सिजि,एलजी,सेन्साई लगायत ९ वटा ब्रान्डका विभिन्न घरायसी सामानहरु जस्दै टिभी, वाशिंग मसिन, फ्रिज, माइक्रो ओभन, मिक्स्चर ग्राइन्डर, आइरन, एसी, फ्यान, राइस कुकर, आदि सामानहरुमा बिशेष दशैं तिहार अफर, ग्रान्ड ओपनिङ अफर लगायतको सेवाहरु प्राप्त गर्न सकिने बताए । ओपनिङको दिनबाट ग्रान्ड ओपनिङ अफर अवको १० दिनसम्म चल्ने उनले बताए ।

शोरुममा ग्राहकले समानलाई प्रयोग गरि साथै अनुभव समेत गर्न सकिने र विभिन्न इलेक्ट्रोनिक सामानहरु शोरुममै प्रयोग गर्न समेत सिकाइने उनले बताएका हुन् ।