साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. ४०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ४०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ८०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९० हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार प्रतितोला रू. १ हजार २१५ मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार १९५ मा खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. २० ले घटेको हो ।