नेकपामा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज आइतबार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।

चन्द नेता खड्कबहादुर विश्वकर्मालाई लिएर यादवको निवासमा पुगेका हुन् ।  पछिल्लो समय चन्दले विभिन्न दलका शीर्ष नेतासँगको भेटलाई तीव्रता दिएका छन् ।

चन्दले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष कमल थावा, नेकपा क्रान्तिकारीका माओवादीका महासचिव मोहन वैद्य, पूर्व गृहमन्त्री रामबहादुर थापा, जसपाका अध्यक्ष महन्थ ठाकुर, अर्थमन्त्री जनार्दन शर्मालगायतसँग भेट गरिसकेका छन् ।