हेटौंडा । मकवानपुरमा १८ वर्ष देखि ५० वर्षसम्मका लाई कोरोना भाइरस विरुद्धको खोप लगाईने भएको छ ।

यहि साउन १२ गते र १३ गते जिल्लामा जोन्सन एण्ड जोन्सनको खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालय हेटौंडा, मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्यायले जानकारी दिए ।

खबरब्रेक संग कुरा गर्दै प्रमुख उपाध्यायले जिल्लाका हालसम्म १२ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लिईसकेको बताए । प्रमुख उपाध्यायका अनुसार जिल्लामा हालसम्म कोभिसिल्डको पहिलो डोज २१ हजार ८ सय ५५ जनाले लिएका छन् भने कोभिडसिल्डको दोस्रो डोज ८ हजार ३ सय ७५ जनाले लिएका छन् ।

यसैगरि कोरोना विरुद्ध भेरोसेल खोपको पहिलो डोज ३० हजार ९ सय ३९ जनाले लिएका छन् भने दोस्रो डोज हिजोसम्म ५ हजार ९ सय ८८ जनाले लिएका छन् । उनले भनेः जिल्लामा हालसम्म ५२ हजार ७ सय ९४ जनाले कोरोना विरुद्धको खोप लगाईसकेका छन् । कोभिडसिल्डको दोस्रो डोज साउन अन्तिम सम्म आईपुग्ने र भदौ पहिलो हप्ता लगाईसक्छौ । यहि साउन १२ र १३ जिल्लामा जोन्सन एण्ड जोन्सनको खोप अभियान सञ्चालन गर्दैछौ ।

प्रमुख उपाध्याय अनुसार जोन्सन एण्ड जोन्सनको खोप १८ वर्ष उमेर देखि ५० वर्ष उमेर समूहकाले लगाउन पाउने छन् । उनले भनेः जिल्लामा कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप आईसकेको छ । जिल्लाको लागि अहिले २३ हजार खोप आएको छ । खोपको लागि अनलाईन फारम भर्नुपर्नु पर्ने छ । फारम भरेकाले आफ्नो स्थानीय तहको नजिकको खोप केन्द्रबाट खोप लगाउन पाउने छन् ।

यसरि भर्न सकिन्छ फारम:

कोरोना विरुद्धको खोप लगाउनको लागि अनलाईन फारम भर्नुपर्ने भएको छ । जिल्लामा यहि साउन १२ गते र १३ गते खोप लगाईदै छ । खोपको लागि १८ वर्ष देखि ५० वर्ष उमेर समूहकाले स्वास्थ्य मन्त्रालयको वेवसाईटमा कोभिड-१९ पहिलो डोज खोपको लागि फारम भर्नुपर्ने स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । फारम भर्न यहाँ क्लिक गर्नुहोस्।

निषेधाज्ञा खुकुलो गर्दा शहरमा संक्रमण बढ्यो

जिल्लामा जारी निषेधाज्ञा निकै खुकुलो गर्दा पछिल्लो दिनहरुमा कोरोना बढेको स्वास्थ्य कार्यालय हेटौंडा, मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्यायले बताए ।

निषेधाज्ञामा हेटौंडा बजारमा संक्रमण दर स्थिर रहेको तर हाल निकै खुकुलो गर्दा बजार क्षेत्रका बढी संक्रमण फैलिएको प्रमुख उपाध्यायले बताए । उनले भनेः जिल्लामा संक्रमण घटेको छैन । गाउँको तुलनामा बजार क्षेत्रमा संक्रमण बढेको छ । निषेधाज्ञा निकै खुकुलो गर्दा संक्रमणको जोखिम बढेको छ ।

मकवानपुरको कुन स्थानीय तहमा कति छन् सक्रिय संक्रमित ?

हेटौंडा । पछिल्लो दिनहरुमा जिल्लामा सक्रिय संक्रमितको संख्या बढेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना पुष्टि भएको छ । यो संगै जिल्लामा आजको दिनमा ५ सय २२ सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ४ सय ७७ जना आफ्नै घरमा र ४५ जना संस्थागत आइसोलेसनमा उपचररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

कार्यलयका अनुसार हाल जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित हेटौंडा उपहानगरपालिका भित्र रहेका छन् । यहाँ २ सय ८२ जना सक्रिमित आफ्नै घरमा र २५ जना संक्रमित संस्थागत आइसोलेसनमा गरी ३ सय ७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसैगरि हेटौंडा पछि सबैभन्दा बढी सक्रिय संक्रमित उत्तरी मकवानपुरको थाहा नगरपालिका भित्र रहेका छन् । यहाँ ७४ जना सक्रिय संक्रमित आफ्नै घरमा र ७ जना संक्रमित संस्थागत आइसोलेसनमा गरी ८१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसैगरि मनहरी गाउँपालिकामा ४५ जना सक्रिय संक्रमित घरमा र २ जना संस्थागत आइसोलेसनमा गरी ४७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । यसैगरि कैलाश गाउँपालिकामा २४ जना सक्रिय संक्रमित आफ्नै घरमा र ३ जना संक्रमित गाउँपालिकाको संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । यसैगरि इन्द्रसरोबर गाउँपालिकामा १५ सक्रिय संक्रमित घरमै उपचाररत रहेका छन् । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा १३ जना सक्रिय संक्रमित आफ्नै घरमा उपचाररत रहेका छन् ।

यसैगरि जिल्लाको भीमफेदी गाउँपालिकामा ७ जना सक्रिय संक्रमित घरमा र ४ जना संस्थागत आइसोलेसनमा गरी ११ जना संक्रमित उपचाररत रहेका छन् । यसैगरि मकवानपुरगढी गाउँपालिकामा ९ जना संक्रमित घरमा र २ जना संस्थागत आइसोलेसनमा गरी ११ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । राक्सिराङ गाउँपालिकामा ७ जना सक्रिय संक्रमित घरमा उपचाररत रहेका छन् । र जिल्लाको बागमती गाउँपालिकामा १ जना संक्रमित घरमा र २ जना गाउँपालिकाको संस्थागत आइसोलेसनमा गरी ३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

जिल्लामा हालसम्म १२ हजार ४ सय ४९ जनामा कोरोना पुष्टि भएकोमा हालसम्म १ हजार ७ सय ४४ जना संक्रमण मुक्त अर्थात कोरोना निको भइसकेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी ९९ सय जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि मृत्यु हुनेमा १० जना मनहरी गाउँपालिका भित्रका,थाहाका ९ जना,मकवानपुरगढी र भीमफेदीका ५/५ जना,बकैया र बागमती ४/४ जना,राक्सिराङ गाउँपालिका भित्रका २ जना र कैलाश गाउँपालिका भित्रका एक जना रहेका छन् ।

मकवानपुरमा साउन १४ सम्म निषेधज्ञा
जिल्लामा जारी निषेधाज्ञा साउन १४ गतेसम्म रहेको छ । गत बैशाख २१ गतेबाट जारी निषेधज्ञालाई साउन ६ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले श्रावण १४ गतेसम्म थप गरेको हो । प्रशासनले निषेधज्ञामा बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यन्न ब्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य ब्यवसायहरु सञ्चालन गर्न अनुमति दिएको छ । संघिय सरकारले बन्द गरेका शैक्षिक संस्थाहरु सहितका व्यवसाय भने बन्दनै रहने छ । जिल्लामा निजि तथा सार्वजनिक यातायात संचालन भईरहेको छ ।


सुमन दाहाल
[email protected]