हेटौंडा । मकवानपुरमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २५ जनामा पिसिआर र ७४ जनामा एन्टीेजेन परीक्षण गर्दा क्रमश ४० जना र १७ जना गरी थप ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यो संगै जिल्लामा हालसम्म कोरानो पुष्टि हुनेको संख्या १२ हजार ५ सय ६ पुगेको कार्यलयले जनाएको छ । यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ३० जनाले कोरोना जितेका छन् ।

यो संगै कोरोना जित्नेको संख्या ११ हजार ७ सय ७४ पुगेको कार्यलयले जनाएको छ । जिल्लामा आजको दिनमा ५ सय ४९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ५ सय ८ जना आफ्नै घरमा र ४१ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको कार्यलयले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३९ जना संक्रमितको मृत्यु भएको छ ।