हेटौंडा । पछिल्लो दिनहरुमा मकवानपुरमा सक्रिय संक्रमितको संख्या बढेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना पुष्टि भएको छ । यो संगै जिल्लामा आजको दिनमा ५ सय २२ सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ४ सय ७७ जना आफ्नै घरमा र ४५ जना संस्थागत आइसोलेसनमा उपचररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

हाल जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित हेटौंडा उपहानगरपालिका भित्र रहेका छन् । यहाँ २ सय ८२ जना सक्रिमित आफ्नै घरमा र २५ जना संक्रमित संस्थागत आइसोलेसनमा गरी ३ सय ७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसैगरि हेटौंडा पछि सबैभन्दा बढी सक्रिय संक्रमित उत्तरी मकवानपुरको थाहा नगरपालिका भित्र रहेका छन् । यहाँ ७४ जना सक्रिय संक्रमित आफ्नै घरमा र ७ जना संक्रमित संस्थागत आइसोलेसनमा गरी ८१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसैगरि मनहरी गाउँपालिकामा ४५ जना सक्रिय संक्रमित घरमा र २ जना संस्थागत आइसोलेसनमा गरी ४७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । यसैगरि कैलाश गाउँपालिकामा २४ जना सक्रिय संक्रमित आफ्नै घरमा र ३ जना संक्रमित गाउँपालिकाको संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । यसैगरि इन्द्रसरोबर गाउँपालिकामा १५ सक्रिय संक्रमित घरमै उपचाररत रहेका छन् । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा १३ जना सक्रिय संक्रमित आफ्नै घरमा उपचाररत रहेका छन् ।

यसैगरि जिल्लाको भीमफेदी गाउँपालिकामा ७ जना सक्रिय संक्रमित घरमा र ४ जना संस्थागत आइसोलेसनमा गरी ११ जना संक्रमित उपचाररत रहेका छन् । यसैगरि मकवानपुरगढी गाउँपालिकामा ९ जना संक्रमित घरमा र २ जना संस्थागत आइसोलेसनमा गरी ११ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । राक्सिराङ गाउँपालिकामा ७ जना सक्रिय संक्रमित घरमा उपचाररत रहेका छन् । र जिल्लाको बागमती गाउँपालिकामा १ जना संक्रमित घरमा र २ जना गाउँपालिकाको संस्थागत आइसोलेसनमा गरी ३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

जिल्लामा हालसम्म १२ हजार ४ सय ४९ जनामा कोरोना पुष्टि भएकोमा हालसम्म १ हजार ७ सय ४४ जना संक्रमण मुक्त अर्थात कोरोना निको भइसकेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी ९९ सय जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

यसैगरि मृत्यु हुनेमा १० जना मनहरी गाउँपालिका भित्रका,थाहाका ९ जना,मकवानपुरगढी र भीमफेदीका ५/५ जना,बकैया र बागमती ४/४ जना,राक्सिराङ गाउँपालिका भित्रका २ जना र कैलाश गाउँपालिका भित्रका एक जना रहेका छन् ।